नेभिगेशन

हाम्रो बारेमा

प्रिय पाठक, स्रोता र दर्शक महानुभावहरू,

सूचना र संचार अधिकारलाई बलियो बनाउँदै जनताको आवाजलाई उजागर गर्ने हाम्रो प्रतिबद्धता हो । जनताको समस्या र सरोकारलाई जनताले बुझ्ने भाषामा प्रस्तुत गर्दै, सत्यनिष्ठ र निष्पक्ष पत्रकारिताको नारा लिएर हामी यहाँ आएका छौँ ।

विश्वव्यापी रूपमा स्वीकार्य पत्रकारिताका मूल्य र मान्यतामा आधारित रहेर कार्य गर्न हामी दृढ छौँ । कुनै पनि दल, वाद, धर्म, जात, वर्ग वा सरकारको पक्षपोषण नगरी निष्पक्ष रूपमा जनताको मुद्दा, समस्या र पीडामा केन्द्रित रहेर पत्रकारिता गर्ने हाम्रो प्रयास निरन्तर रहनेछ ।

हाम्रो यो मिडिया प्लेटफर्म ‘राष्ट्रिय सरोकार डटकम’ ले लेख, भिडियो र अडियोको माध्यमबाट समाचार उपलब्ध गराउँदै आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय र प्रभावकारी सञ्चार सेवा प्रदान गर्नेछ ।

हामीले पत्रकारितालाई केवल सूचनाको माध्यमका रूपमा मात्र होइन, गुणस्तरीयता अभिवृद्धि गर्ने माध्यमका रूपमा पनि अघि बढाउने लक्ष्य राखेका छौँ । समाचारको गहिराइमा पुग्ने हाम्रो इच्छाशक्ति र उच्च प्रविधिको उपयोगले पाठक, स्रोता तथा दर्शकहरूको अपेक्षा पूरा गर्नेछ ।

देश–विदेशमा रहेका नेपाली समुदायबाट आलोचनात्मक, रचनात्मक सुझाव र निरन्तर साथको अपेक्षा गर्दै, जनताको आवाज बुलन्द गर्न हामीले यो नयाँ यात्रा सुरु गरेका छौँ ।

धन्यवाद ।


हामी तपाईंका सुझाव, प्रतिक्रिया र जिज्ञासाहरूलाई स्वागत गर्दछौँ । राष्ट्रिय सरोकार डटकमलाई थप प्रभावकारी बनाउन तपाईंको साथ र सुझावको आवश्यकता छ । कृपया हामीलाई सम्पर्क गर्न निम्न माध्यम प्रयोग गर्नुहोस् :

ठेगाना:
राष्ट्रिय सरोकार डट कम
वीरगंज १२ पर्सा, नेपाल

फोन: 
+977-9855033923

इमेल:
[email protected]
[email protected]

सोसल मिडिया:

Rastriya Sarokar - Social Media
प्रतिक्रिया दिनुहोस्
Weather Update