प्रदेश सभा सदस्य रहबर अन्सारीले मधेस प्रदेशमा व्याप्त भ्रष्टाचार र अनियमितता बढेकाे भन्दै प्रदेशलाई ‘भ्रष्टाचारीहरूको रेडलाइट एरिया’ घोषणा गर्नुपर्ने बंग्यात्मक धारणा राखेका छन् ।
प्रदेश सभामा बोल्दै अन्सारीले मधेस प्रदेशमा बढ्दो भ्रष्टाचारले विकास र सुशासनमा अवरोध पुगेको बताए । उनले मधेस प्रदेशलाई भ्रष्टाचारीहरूको सुरक्षित थलो बनाइएको छ । कि त भ्रष्टाचारीहरूको रेडलाइट एरिया’ घोषणा गरियाेस् कि त यसविरुद्ध कडा कदम चाल्न आवश्यक रहेकाे बताए ।
अन्सारीले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न र राज्यका स्रोतसाधनको दुरुपयोग रोक्न तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका थिए । प्रदेशका सरकारी कार्यालय, ठूला परियोजना, र जनप्रतिनिधिहरू नै अनियमिततामा लागेकाे बताएका थिए ।
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि
प्रतिक्रिया,
सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा
पठाउनु होला ।