नेभिगेशन
स्थानीय तह

ब्राउनसुगरजस्तो पदार्थसहित दुई युवक पक्राउ

पर्साको वीरगंज महानगरपालिका–१६ बाट प्रहरीले ब्राउनसुगरजस्तो देखिने लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज  महानगरपालिका–१५ का १९ वर्षीय सन्नी सराफ र वडा नम्बर १२ का १९ वर्षीय साहिल सराफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो ना.६५ प २८६१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा ८ सय ६० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला पारेको हो ।

उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप स्थानीय तह
Weather Update