नेभिगेशन
विचार
माननियको अमानवीय बोली

रास्वपा सांसदहरूको अभिव्यक्तिमाथि प्रश्न, अमर्यादित बोलीले विवाद बढाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदहरूको अभिव्यक्तिलाई लिएर आलोचना बढ्दै गएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदहरूको अभिव्यक्तिलाई लिएर आलोचना बढ्दै गएको छ ।

पछिल्लो समय सार्वजनिक रूपमा दिएका अभिव्यक्तिहरूका कारण उनीहरू विवादमा तानिएका हुन् । मतदाताबाट ठूलो विश्वासका साथ निर्वाचित भएका सांसदहरूले जिम्मेवारीअनुसारको व्यवहार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । केही सांसदहरूले सार्वजनिक रूपमा प्रयोग गरेका शब्द र शैली मर्यादाविपरीत रहेको आरोप लागेको छ ।

बाँकेबाट निर्वाचित सांसद खगेन्द्र सुनार, ओखलढुंगाबाट निर्वाचित विश्वराज पोखरेल र पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया पछिल्ला घटनाक्रममा बढी विवादमा आएका छन् । सांसद खगेन्द्र सुनारले थुनामा मृत्यु भएको घटनालाई लिएर प्रहरी प्रमुखलाई नै घिसारेर लैजानेजस्ता अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ । त्यसैगरी सांसद विश्वराज पोखरेलले आफूलाई स्वागत गर्न गेटसम्म नआएको भन्दै प्रधानाध्यापकलाई कडा शैलीमा झपारेको विषय पनि चर्चामा आएको छ ।

त्यसैगरी, सांसद रामाकान्त चौरसियाले वीरगंज चिनी मिलको जग्गा कित्ता काट गरी बेच्ने सम्बन्धमा दिएको अभिव्यक्ति असान्दर्भिक र गैरजिम्मेवार भएको भन्दै आलोचना भएको थियाे । रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई निर्वाचित हुने बेलै प्रशिक्षण दिँएपनी व्यवहारमा सुधार नदेखिएको भन्दै रास्वापाभित्र र आम नागरिकमा प्रश्न उठ्न थालेका छन् ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरूले जिम्मेवार र मर्यादित अभिव्यक्ति दिनुपर्ने अपेक्षा भइरहेका बेला यस्ता घटनाले राजनीतिक संस्कारमाथि प्रश्न उठाएको छ ।
 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप विचार
Weather Update