नेभिगेशन
अर्थ सराेकार

पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले माघ १९ गते राति १२:०१ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ ।

नयाँ मूल्य सूची

  • काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १६० रुपैयाँ प्रतिलिटर पुगेको छ ।
  • सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ र डिजेल/मट्टितेल १५९ रुपैयाँ कायम भएको छ ।
  • चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

निगमले पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै समायोजन गरिएको जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update