नेभिगेशन
राजनीति

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र आजदेखि, राजनीतिक प्रतिवेदन पेस हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र हुँदै छ। बन्दसत्र आज र भोलि चल्नेछ ।

बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ। महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । त्यसअघि, बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दै छ ।यस्तै आज मतदाता नामावली प्रकाशन हुँदै छ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ । दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ ।

मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ। मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ। मतदान बुधबा बिहानदेखि हुने कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप राजनीति
Weather Update