नेभिगेशन
स्थानीय तह

कलैयामा विद्युत् आपूर्तिको समस्या : सचेत नागरिक समूहद्वारा विरोध प्रदर्शन

विद्युत् आपूर्तिको समस्याले ग्रस्त बाराको कलैयामा बिहीबार सचेत नागरिक समूहले विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्युत प्राधिकरणको कलैया वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउन गएका उनीहरू कार्यालय प्रमुख अनुपस्थित रहेपछि सडकमै उत्रेर विरोध जनाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको नेतृत्वमा गएको टोलीले कार्यालय अगाडि नाराबाजी गर्दै "औघोषित लोडसेडिङ बन्द गर", "बिना कारण लाइन काट्न पाइँदैन", "जनतालाई दुःख दिन पाइँदैन" जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भनाभन समेत भएको थियो। केही समयका लागि प्रदर्शनकारी अगुवा चन्दन स्वर्णकार र विक्रम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थिति सामान्य भएपछि उनीहरूलाई रिहा गरिएको स्वर्णकारले जानकारी दिएका छन् ।

स्वर्णकारका अनुसार औघोषित लोडसेडिङका कारण कलैयाको सामान्य सेवा प्रभावित हुनुका साथै किसान, विद्यार्थी, अस्पताल र सर्वसाधारण जनतामा गहिरो असर परेको छ । “यो समस्या अब व्यक्तिगत नभई सम्पूर्ण बारावासीको हो,” उनले भने ।

विरोध प्रदर्शनमा चन्दन स्वर्णकारसँगै भोला साह कानु, सञ्जीव यादव, लालमुकेश ठाकुर, विनय जैसवाल, उमेश महतो, कबिराज चौधरी, प्रमोद सर्राफ, ज्याउद्दिन अन्सारी, आबिद मन्सुर, राजीव यादव लगायत दर्जनौं सेवाग्राहीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप स्थानीय तह
Weather Update