नेभिगेशन
समाज

वीरगंजमा सडक विस्तारको रफ्तार: एक सातामै ३ सय घर भत्काइयो

पर्साको वीरगंज महानगरपालिकाको मुख्य सडक क्षेत्रमा जारी सडक विस्तार अभियानअन्तर्गत पछिल्लो एक सातामा करिब ३ सय घरटहरा भत्काइएको छ ।

 

सडक डिभिजन कार्यालय हेटौँडाका इञ्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार गण्डक चोकदेखि घण्टाघरसम्म तथा मितेरी पुलदेखि वीरगंज  उद्योग वाणिज्य संघको भवनसम्मको सडक क्षेत्रमा रहेका घर तथा संरचना हटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

हाल सडक विस्तारका लागि परिचालित ६ वटा डोजरले दैनिक ५० देखि ६० वटासम्म घर तथा संरचना हटाउने काम गरिरहेका छन् । कुल ८ किलोमिटर सडक क्षेत्रमा रहेका संरचना हटाउनुपर्नेमा हालसम्म करिब ६ किलोमिटर क्षेत्रका घरटहरा भत्काएर सडक खाली गरिएको फोकल पर्सन प्रसादले जानकारी दिए । उनका अनुसार बाँकी २ किलोमिटर क्षेत्रमा पनि सडक विस्तारका लागि संरचना हटाउने कार्य क्रमशः जारी रहनेछ ।

बजार क्षेत्रका केही घरधनीले आफ्ना भवन तथा संरचना स्वेच्छाले हटाइरहेकाले बाँकी क्षेत्रमा काम गर्न धेरै कठिनाइ नहुने अपेक्षा गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update