नेभिगेशन
राजनीति

रास्वपाले भन्यो : सरकार बनाउन अझै १० दिनजति लाग्छ, मन्त्रीको नामबारे छलफल भएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको बारेमा औपचारिक छलफल नभएको प्रष्ट पारेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यममा आगामी मन्त्री भनेर आइरहेका नामहरुमा कुनै सत्यता नभएको बताए । आज पार्टीको सचिवालय वैठक सुरु हुनुअघि उनले यस्तो बताएका हुन् । समानुपातिक सांसदहरु टुंग्याएर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेपछि औपचारिक छलफल हुने उनको भनाइ छ ।

झाले भने, ‘अनौपचारिक कुराकानीहरु भएका हुन सक्छन्, तर पार्टीको तहमा भावि मन्त्रीपरिषदलाई लिएर कुनै पनि औपचारिक छलफल भएको छैन । सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन अन्दाजी १० दिन जति लाग्न सक्छ ।’

झाले आफू दोहोरिने सांसदमध्ये एक भएकाले केही अपेक्षा भए पनि कुनै मन्त्रालयगत दाबी नराखेको बताए । उनले भने, ‘रास्वपाको दोहोरिने सांसदमध्ये पर्दैगर्दा राजनीतिकरुपमा केही अपेक्षा स्वभाविक होला, तर मैले कुनै किसिमको मन्त्रालयगत दावी राख्नु राजनीतिकरुपमा र व्यवहारिकरुपमा उचित हुने सोचेको छैन । अहिले मेरो कामना भनेको नेताहरुको स्वास्थ्यलाभ चाँडै होस भन्ने हो । प्रक्रियाका कुराहरु चाँडै टुंग्याउन सकौं । आधारभूत प्रक्रिया चाँडै टुंग्याएर अघि बढोस भन्ने हो । पाउने मन्त्रालय र जिम्मेवारीहरु त्यसपछिका कुराहरु हुन् ।’

झाले चुनावी अभियानका क्रममा आफूलाई भावि सञ्चारमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।

भिडियाे सामाग्री

 

 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप राजनीति
Weather Update