नेभिगेशन
राजनीति

सुकुमबासी पहिचान गरी चाँडै जग्गा वितरण गरिने : प्रधानमन्त्री शाह

काठमाडौं | प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुमबासीहरूको पहिचान गरी यथाशक्य चाँडो जग्गा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुमबासी समस्याको स्थायी समाधान गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे ।

नदीकिनारमा बसोबास गर्ने नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै उपत्यकाको ढल निकास प्रणाली सुधारका लागि उनीहरूको स्थानान्तरण आवश्यक रहेको उनले बताएका छन् । “हरेक वर्ष बाढीका कारण नदीकिनारका बासिन्दा ज्यान जोगाउन घरबार छोड्न बाध्य छन्, उनीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु राज्यको दायित्व हो,” उनले उल्लेख गरेका छन् ।

थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्तीहरूलाई मानवीय ढंगले, बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने पनि प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । ती बस्तीका कारण ढल निकास अवरुद्ध हुँदा काठमाडौंको वातावरण प्रदूषित र नदीहरू दुर्गन्धित बनेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले सुकुमबासी व्यवस्थापन आफ्नो चुनावी प्रतिबद्धता र सरकारको १०० दिने कार्ययोजनामा समेत समेटिएको स्मरण गराउँदै अतिक्रमणकारी र वास्तविक सुकुमबासी छुट्याएर समस्या समाधान गरिने बताए। “वास्तविक पीडितलाई प्रक्रिया पुर्‍याएर जग्गा वितरण गरिन्छ,” उनले उल्लेख गरेका छन् ।
 


 

 

भिडियाे सामाग्री

 

 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप राजनीति
Weather Update