नेभिगेशन
राजनीति

माधवकुमार नेपाल: सरकारसँग संसदको सामना गर्ने आँट छैन् - माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको सामना गर्ने साहस सरकारसँग नभएको बताएका छन् । 

ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकार संसदको सामना गर्न नचाहने र छलफल तथा बहसबाट समस्याको समाधान खोज्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे । उनले सरकार एकदलीय शासन प्रणालीतर्फ उन्मुख भएको आरोप लगाउँदै यसले लोकतान्त्रिक मान्यता र प्रक्रियाको उल्लंघन गरिरहेको बताए ।

"अहिले एकदलीय शासन र सोचको सुरुवात भएको छ । यसले सबैलाई प्रयोग गर्न खोजिरहेको छ," उनले भने ।

साथै, अध्यक्ष नेपालले सरकारद्वारा संसद छलेर अध्यादेश जारी गरिएकोमा आपत्ति जनाउँदै यसले असंवैधानिक र अलोकतान्त्रिक अभ्यासलाई बल दिएको बताए ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप राजनीति
Weather Update