नेभिगेशन
राजनीति

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सरकारले विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव पठाएको हो । ती अध्यादेशलाई पार्टीभित्रको सहमतिअनुसार अघि बढाइएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयले पनि थप तीनवटा अध्यादेश प्राप्त भएको पुष्टि गरेको छ । यसअघि सरकारले दुईवटा अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवासमा पठाइसकेको थियो ।

यसअघि  बसेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप राजनीति
Weather Update