नेभिगेशन
राजनीति

भिजिट भिसा दुरुपयोग रोक्न कडा निर्देशन : प्रधानमन्त्री बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न सरकारले कडा निर्देशन दिएको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले श्रम तथा वैदेशिक रोजगार प्रक्रियामा देखिएका समस्या समाधानका लागि आवश्यक सुधार भइरहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भिजिट भिसामा विदेश गएर काम गर्ने अनुमति पाएपछि कामदार भिसा लिन पुनः नेपाल फर्किनुपर्ने बाध्यताको विकल्पमा विदेशमै बसेर कन्भर्ट गर्न सकिने विषयमा श्रम मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै, बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने व्यवस्थाबारे उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विद्युत् प्रणालीको क्षमता विस्तारका लागि सो कर आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

“तुरुन्तै विद्युतीय युगमा जान सकिने अवस्था छैन। देशका हरेक घरमा विद्युत् प्रयोग बढ्दै जाँदा ट्रान्सफर्मर र सबस्टेसनको क्षमता कमजोर हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले क्षमता विकासका लागि स्रोत जुटाउन ५० युनिटभन्दा माथिको खपतमा ५ प्रतिशत भ्याट लगाइएको हो।”

उहाँले उक्त करबाट उठ्ने रकम देशभरका ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेसन सुधारमा खर्च गरिने बताउनुभयो ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप राजनीति
Weather Update