नेभिगेशन
विश्व

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन, अक्टोबर १० मा ठूलो प्रदर्शनको तयारी

भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै  तेस्रो दिन पनि प्रदर्शन भएको छ ।

‘स्वतन्त्र र निष्पक्ष निर्वाचन’को माग गर्दै शुक्रबारदेखि सुरु भएको प्रदर्शन मुम्बई र नयाँ दिल्लीसहित विभिन्न स्थानमा जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईमा आइतबार हजारौँ मानिस भारतीय झण्डा बोकेर सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त कुमारले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता तथा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का समर्थकहरूले समेत गरेका छन् । सीजेपीका प्रमुख अभिजीत दिपकेले सामाजिक सञ्जालमार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै नागरिकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

यता, भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप अस्वीकार गरेको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भने प्रदर्शनकारीहरूले उठाएको राजीनामाको मागबारे हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच, विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र देशभर ‘लोकतन्त्र जोगाऔँ’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सीजेपीले आगामी अक्टोबर १० मा नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। त्यसअघि देशका विभिन्न स्थानमा विरोध प्रदर्शनलाई थप विस्तार गर्ने तयारी गरिएको बताइएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
Weather Update