नेभिगेशन
देश

संवेदनशील सूचना चुहाए कडा कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

 गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत कुनै पनि पदाधिकारी वा कर्मचारीले राज्यको संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाएमा कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

मन्त्रालय र मातहतका निकायहरूबाट गोप्य सूचना चुहिने प्रवृत्तिप्रति गम्भीर ध्यानआकर्षण भएको जनाउँदै गृहमन्त्री गुरुङले यस्तो कार्य सह्य नहुने स्पष्ट पारेका हुन् ।

'गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,' गृहमन्त्री गुरुङले फेसबुकमा लेखेका छन्, 'राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, यो एक सार्वजनिक जिम्मेवारी हो ।'

उनले पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नदिने बताए । प्राप्त हुने सानाभन्दा साना सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनको भनाइ छ ।

राज्यले सुम्पिएको गोपनीयता र विश्वासमाथि प्रहार गर्ने जोसुकैलाई कानूनको दायरामा ल्याइने गृहमन्त्री गुरुङले प्रतिबद्धता जनाए । 'राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, उसले कुनै उन्मुक्ति पाउने छैन; कडा कानूनको कठघरामा उभ्याइनेछ,' उनले चेतावनी दिए । 

सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी पक्राउ परेका गृहमन्त्री गुरुङको यो प्रतिक्रिया आएको हो । 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update