नेभिगेशन
समाज

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार

तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए । बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय सुरक्षाकर्मीले बालबालिकालाई रोकेर नेपाल फर्काएका हुन् ।

भारतबाट फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्य र यसमा संलग्न व्यक्तिबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

१० वर्षमुनिका बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि देहरादुन लैजान लागिएको बताइए पनि उनीहरूलाई त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update