नेभिगेशन
राजनीति

मेलम्चीको पानी अब बाह्रै महिना उपलब्ध हुनेछ : खानेपानी मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीबाट पानी आपूर्ति अब बाह्रै महिना बन्द नहुने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मेलम्चीको पानी आपूर्तिका लागि वैकल्पिक उपायहरू अवलम्बन गरिएको जानकारी दिए ।

उनका अनुसार, मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्ने योजना अघि बढाइएको छ । विगतमा वर्षातका समयमा मेलम्चीको पानी आपूर्ति रोकिँदा उपत्यकावासीले समस्या भोग्दै आए पनि यस वर्ष दशैँअघि नै पानी आपूर्ति पुनः शुरू गर्न सफल भएको यादवले बताए ।

मन्त्री यादवले मेलम्ची परियोजनाबाट दैनिक २० करोड लिटर पानी आपूर्ति भइरहेको र त्यसमा विविध कारणले ३ देखि ४ करोड लिटर पानी बागमतीमा बग्ने गरेको जानकारी दिए । उनले जलस्रोतले धनी मुलुक नेपालमा अब खानेपानीका लागि आन्दोलन गर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रीले उपत्यकाको खानेपानी समस्या समाधान गर्न सरकार दृढ रहेको र आगामी दिनमा खानेपानी आपूर्ति थप व्यवस्थित बनाइने बताए ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप राजनीति
Weather Update