नेभिगेशन
राजनीति

ऊर्जाको खपतको चिन्ता लिनु पर्दैन, फलामखानी र मल कारखाना खुल्दैछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उत्पादित ऊर्जाको खपतका लागि कुनै चिन्ता लिनु नपर्ने बताएका छन् ।  स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को रजतजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेशमै फलाम खानी, मल कारखानाजस्ता ठूला उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालन गर्न तयारी भइरहेकाले ऊर्जाको खपतका लागि चिन्ता नलिन बताएका छन् ।

ऊर्जा उत्पादकहरुले खपतका क्षेत्र आफैँ निर्माण गर्ने भएकाले ऊर्जा बिक्रीमा कुनै समस्या नहुने दाबी गरे । साथै, सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने मार्गचित्र तयार गरेको जानकारी दिए ।

“देशमा आठवटा औद्योगिक क्षेत्र छन् । धौवादी फलाम खानी र मल कारखाना स्थापना गर्दैछौँ । दैलेखमा ग्यास उत्पादनको तयारी हुँदैछ । बन्द भएका उद्योगहरु पुनः सञ्चालनमा आउने छन् । ती सबै उद्योगमा ऊर्जा खपत हुनेछ,” प्रधानमन्त्री ओलीले भने, ग्रिन हाइड्रोजन ऊर्जा उत्पादनका लागि अनुसन्धान भइरहेको र यस क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले ऊर्जा उत्पादन र खपतका लागि सरकार, निजी क्षेत्र, र वैदेशिक लगानीलाई समान महत्त्व दिइएको उल्लेख गरे । “व्यवस्था बदलियो, अवस्था बदलिएन भन्नेहरुलाई ऊर्जा उत्पादकहरुको सफलताले देशको अवस्थामा परिवर्तन ल्याएको देखाउँछ,” उनले थपे ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप राजनीति
Weather Update