नेभिगेशन
स्थानीय तह

अख्तियारलाई हर्क साम्पाङको ‘ठट्यौलो’ जवाफ : तिर्खाएका जनताको श्राप लाग्ला!

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफूविरुद्ध परेको उजुरीको जवाफ ठट्यौलो शैलीमा दिएका छन् ।

उनले औपचारिक पत्रमा अनौपचारिक भाषा प्रयोग गर्दै धरानवासीको पानी समस्याको विषयलाई प्राथमिकतामा राखेका छन् । अख्तियारले श्रम संस्कृति पार्क, खानेपानी आयोजनाहरू र सुम्निमा पारुहाङको मूर्तिसम्बन्धी खर्चको अनियमितताको विषयमा सोधपुछ गरेको थियो ।

जवाफमा मेयर साम्पाङले पानी धरानवासीको जीवनका लागि अत्यावश्यक रहेको भन्दै श्रमदानबाट काम गर्न बाध्य भएको बताए । साम्पाङले भने, "धरानको खानेपानी बोर्ड स्वायत्त निकाय हो । यसले नगरबासीलाई पानी आपूर्ति गर्न कुनै पनि विधि अपनाउन सक्छ। राज्यले कोशीबाट पानी ल्याउन नसक्ने हुँदा श्रमदानमार्फत कोकाहा खानेपानी आयोजना सञ्चालन गरिएको हो ।" उनले खानेपानीका लागि गरिएको श्रमदानको विरोध गर्नेलाई ‘तिर्खाएका जनताको श्राप लाग्ला’ भन्दै व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । उनले सरकारलाई पटकपटक कोशीबाट पानी ल्याउन आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।

मेयर साम्पाङ

  • "राज्यले मेलम्ची, दमक टावर, एनसेल, वाइडबडी विमानजस्ता ठूला आयोजनामा पैसा खर्च गर्‍यो, तर पानी समस्या समाधान गर्न चासो दिएन ।"
  • "पानी बिकास होइन, जीवनको आधार हो। पानीमा राजनीति गर्नु हुँदैन ।"

उनले श्रमदानमा संलग्न व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उजुरी दिने व्यक्ति धरानका हुन् या बाहिरका भन्ने विषयमा प्रश्न गरेका छन् । "उजुरी दिनेले कति दिन श्रमदान गरे ? कति पाइप किनेर दिए ?" उनले सोधेका छन् । मेयर साम्पाङको पत्रले सरकारी प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै जनताको जीवन-आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । 

Hark-sampang-Akhatiyar-jawaf-1737709226.jpg
 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप स्थानीय तह
Weather Update