नेभिगेशन
अनियमितता

जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, श्रेष्ठसँग भएको रु. ४ करोड ८८ लाख ३० हजार ३२९ दशमलव ५४ पैसाको स्रोत नखुलेको पाइएपछि आरोप पत्र दायर गरिएको हो । इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ र जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरूमा ठेकेदारसँग मिलेर कमिसन लिएर काठमाडौं, ललितपुर लगायतका स्थानहरूमा घर, जग्गा, गाडी खरिद र विभिन्न कम्पनीमा लगानी गरेका थिए ।

त्यसका साथै उनले आफ्नो परिवारका नाममा पनि सम्पत्ति लुकाउने कार्य गरेको आरोप लागेको छ । आयोगले श्रेष्ठको पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बुबा हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई पनि प्रतिवादीको सूचीमा राखेको छ । यससँगै आयोगले भ्रष्टाचार निवारण ऐन २०१७ र २०५९ को दफा १६ (ग), २९ तथा ४७ बमोजिम जफतको माग गरेको छ ।

विशेष अदालतमा दायर भएको आरोप पत्रसँगै यस मुद्दामा थप अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update