नेभिगेशन
अनियमितता

सहकारी ठगीका अभियुक्त जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

काठमाडौँ । सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी)को राहदानी रद्द गर्न अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमाल बेलबासेको इजलासले शुक्रबार गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईको राहदानी रद्द गर्न आदेश दिएको हो ।

पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा प्रतिवादी रहेका राई विदेशमा रहेको आशंकामा अदालतले राहदानी विभागलाई राहदानी रद्द गर्न निर्देशन दिएको छ। राईलाई पक्राउ गर्न इन्टरपोलमा रेड नोटिस जारी गर्नुका साथै नेपाल प्रहरीले बारम्बार टोली विदेश पठाए पनि पक्राउ गर्न नसकेको बताइएको छ ।

पक्राउ गर्न नसकेपछि प्रहरीले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र पठाएको थियो। विभागले उक्त पत्रमा कार्यान्वयन नगरेपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतमा निवेदन दिएको थियो। सो निवेदनका आधारमा अदालतले राईको राहदानी रद्द गर्न आदेश दिएको हो ।

राईमाथि पोखराको सुर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र वीरगञ्जको सानोपाइला सहकारीको रकम अपचलनको आरोप लागेको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update