नेभिगेशन
प्रदेश समाचार

एक महिनामा ११४ सवारी दुर्घटना, ३ जनाको मृत्यु

रौतहट  जिल्लाका विभिन्न स्थानमा गत चैत महिनामा मात्रै ११४ वटा सवारी दुर्घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांक अनुसार एक महिनाको अवधिमा भएका ती दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार उक्त दुर्घटनामा १६९ वटा सवारीसाधन संलग्न रहेका थिए ।

दुर्घटनामा १७८ जना घाइते भएका छन् भने १७८ जनाको प्रहरीद्वारा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद वस्यालले जानकारी दिनुभयो ।

दुर्घटनाको कारण विश्लेषण गर्दा ८७ वटा दुर्घटना चालकको लापरबाहीका कारण, १ वटा सवारी साधनको प्राविधिक कारण तथा २६ वटा पैदल यात्रीको लापरबाहीका कारण भएको प्रहरीले जनाएको छ ।

यसैबीच, ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ११० जना चालकलाई कारबाही गरी ११ लाख ५३ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको पनि प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरीले समय–समयमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै गौर–चन्द्रपुर सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग, गौर–पिपरा सडक खण्ड लगायतका स्थानमा ट्राफिक चेकजाँच कडाइ गरिएको र नियम उल्लङ्घन गर्ने चालकलाई कानुनअनुसार कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप प्रदेश समाचार
Weather Update