नेभिगेशन
प्रदेश समाचार

गगन थापाको चेतावनी : विधानअनुसार नचल्नेहरूलाई पार्टीमा कारबाही हुने

विराटनगर | नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीको विधानअनुसार नचल्ने व्यक्तिहरूलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

आज (शनिबार) बिहान विराटनगरस्थित नेता डा. शेखर कोइरालाको निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले सदस्यता नवीकरण तथा व्यवस्थापन प्रक्रियामा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाइने बताएका हुन् ।

सभापति थापाले भने, “कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधानअनुसार साथीलाई धन्यवाद भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु।”

उनका अनुसार पार्टीभित्र सदस्यता नवीकरण, अनुशासन समिति, निर्वाचन समिति लगायत सबै संरचना सहमतिका आधारमा गठन गर्ने प्रक्रिया अघि बढाइएको छ । तर, त्यसमा अवरोध गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

थापाले कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै सदस्यता नवीकरण कार्यमा अवरोध नगर्न सबैलाई आग्रह समेत गरेका छन् ।

उनले भने, “पार्टीको सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति सल्लाहमा बनाउने, धेरै नेताहरूलाई केन्द्रीय समितिभित्र ल्याउने वातावरण बनाइसकेपछि अब असहमति जनाउने बाहेक अन्य कुनै कारण बाँकी छैन ।”

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप प्रदेश समाचार
Weather Update