नेभिगेशन
देश

सबै कर्मचारीको तलब २१ प्रतिशत बढेको होः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै कर्मचारीको तलब २१ प्रतिशत वृद्धि गरिएको स्पष्ट पारेका छन् ।
बजेटबारे आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राज्यकोषबाट तलब खाने निजामती, सेना, प्रहरी तथा शिक्षक सबैको तलब समान रूपमा वृद्धि गरिएको जानकारी दिएका हुन् ।अर्थमन्त्री वाग्लेले तलब वृद्धि २१ प्रतिशतकै दरमा गरिएको उल्लेख गर्दै पहिलो वर्ष सबै कर्मचारीले प्रोत्साहन भत्ता पनि प्राप्त गर्ने बताएका छन् ।

उनका अनुसार सरकारले दलित बालबालिकाको पोषण भत्ता दोब्बर बनाउने निर्णयसमेत गरेको छ । साथै निजी विद्यालयमा लगाइएको ३ प्रतिशत समता करलाई सामुदायिक विद्यालय तथा त्यहाँ अध्ययनरत बालबालिकाको हितमा प्रयोग गरिने उनले स्पष्ट पारे ।

सरकारले शिक्षा, सामाजिक सुरक्षा र सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यसहित यी व्यवस्था गरिएको अर्थमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update