नेभिगेशन
देश

वर्ष दिनमा पौने १७ लाख नेपाली विदेश पुगे

सन् २०२४ मा १६ लाख ७४ हजार २२५ नेपाली विदेश गएका छन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालीम, गोष्ठी, पारिवारिक मिलाप लगायतका कारणले यो संख्यामा नेपाली विदेश पुगेका हुन् । विदेश गएकामध्ये ६६ हजार ८३५ नेपाली स्थायी रूपमा विदेश बस्ने उद्देश्यले देश छोडेका छन् । अघिल्लो वर्ष यो संख्या ७० हजार ९१५ थियो ।

वैदेशिक रोजगारीका लागि गएकाहरूको संख्या ८ लाख ५६ हजार ४२२ रहेको छ, जसमा ९६ हजार १९७ महिला छन् । अध्ययनका लागि १ लाख १९ हजार नेपालीले विदेश यात्रा गरेका छन् । भने, यो संख्या अघिल्लो वर्षको तुलनामा ११ हजारले बढेको हो ।

भ्रमण र तीर्थाटनका लागि २ लाख ७४ हजार नेपाली विदेश पुगेका छन् भने पारिवारिक मिलापका लागि १ लाख ३२ हजार नेपालीले देश छोडेका छन् । तालीम र सेमिनारका लागि २४ हजार, व्यापारका लागि २० हजार, सरकारी औपचारिक भ्रमणका लागि १३ हजार तथा उपचारका लागि १८ हजार ७१३ नेपाली विदेश गएका छन् ।

श्रीमान् वा श्रीमतीसँग आश्रित रूपमा ३४ हजार नेपाली विदेश गएका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप देश
Weather Update