नेभिगेशन
देश

मन्त्रिपरिषद्को चार निर्णय : जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग स्वीकृति, रेडक्रसमा तदर्थ समिति गठन

मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन तथा सामाजिक क्षेत्रसँग सम्बन्धित प्रस्तावहरू स्वीकृत गरेको हो ।

शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

यसअन्तर्गत तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाले अब वन क्षेत्र प्रयोग गर्न पाउनेछन् ।

त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रस्तुत निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८१ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

बैठकले लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले ग्रहण गरेको सरकारका प्रवक्ताले बताए ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update