नेभिगेशन
समाज

घुरबाट आगलागी: गोठभित्रका १८ पशुचौपायाको मृत्यु

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५, शंकरसरैया टोलमा आगलागी हुँदा गोठभित्र रहेका १८ वटा पशुचौपायाको मृत्यु भएको छ ।

स्थानीय लालबहादुर दास थारुको खरले छाएको गोठमा घुरबाट सल्केको आगोले ठूलो क्षति पुर्‍याएको हो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाका अनुसार आगलागीमा १० वटा बाख्रा र ८ वटा बोका जलेर मरेका छन् । साथै, गोठ र त्यसमा राखिएको काठ पनि पूर्ण रूपमा नष्ट भएको छ ।

प्रहरीले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जानकारी दिएको छ । आगलागीका कारण करिब दुई लाख पचास हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ ।

आगो कसरी सल्कियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप समाज
Weather Update