नेभिगेशन
समाज

दाइजोका कारण अन्याय भए सम्पर्क गर्न उपसभामुख ठाकुरको आग्रह

प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छिन् ।

धनुषाको ढल्केबरमा शनिबार आयोजित नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको बताइन् । उनले दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय भएकाले त्यस्ता गतिविधि नगर्न आग्रह गरिन्। दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको उनको भनाइ थियो ।

“छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्। छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,” उपसभामुख ठाकुरले भनिन्, “दाइजो समाजका लागि अभिशाप हो, सबै मिलेर यसको अन्त्य गरौँ ।” उनले छोरी तथा बुहारीलाई शिक्षित बनाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै ठाकुर समुदायको सामाजिक तथा राजनीतिक उत्थानका लागि एकअर्कालाई सहयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानसँगै राज्यका विभिन्न निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न मागपत्र बुझाएका थिए ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
Weather Update