नेभिगेशन
प्रदेश समाचार

सर्पदंशका बिरामी बढेपछि अस्पतालमा भुँइमै राखेर उपचार

सप्तरीमा पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मात्रै साउन महिनामा ८७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् । छिन्नमस्ता गाउँपालिका–३ सखडाकी ४५ वर्षीया पवित्रीदेवी शर्मालाई आइतबार धानखेतमा काम गरिरहेका बेला सर्पले डसेपछि तत्काल अस्पताल ल्याइएको थियो । त्यस्तै, राजविराज नगरपालिका–९ का १५ वर्षीय विष्णुकुमार मण्डल र राजविराज–१५ देउरी भरुवाकी १६ वर्षीया सङ्गीताकुमारी यादवलाई समेत सर्पले डसेपछि अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी दीपेन्द्रकुमार यादवका अनुसार साउनमा दैनिक नौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । वैशाख, जेठ र असारमा समेत गरी ७६ जना सर्पदंशका बिरामी अस्पताल आएका थिए ।

वर्षा, बाढी र अत्यधिक गर्मीका कारण सर्पहरू दुलोबाट बाहिर निस्कने भएकाले यस समयमा सर्पदंशका घटना बढ्ने गरेको यादवले बताउनुभयो । अस्पतालमा एन्टिस्नेक भेनम उपलब्ध भए पनि मौज्दात पर्याप्त नभएको उहाँको भनाइ छ । अस्पतालका जिन्सी फाँट प्रमुख रेमन्तकुमार यादवका अनुसार करिब १४० भाइल एन्टिस्नेक भेनममध्ये ३० भाइल सिरहास्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ । हाल अस्पतालमा करिब १०० भाइल औषधि मौज्दात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार साउन महिनामा मात्रै सर्पदंशका कारण तीन जनाको मृत्यु भएको छ । गत वर्ष सप्तरीमा सर्पदंशबाट आठ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप प्रदेश समाचार
Weather Update