नेभिगेशन
समाज

जीर्ण विद्यालय भवनमा पठनपाठन प्रभावित

सुुँडि गाउँस्थित देव लक्ष्मी आधारभूत विद्यालयको भवन जीर्ण भएपछि पठनपाठन प्रभावित भएको छ।

बर्खाको पानीका कारण दुई कोठे भवनको पछाडिको पर्खाल भत्किएपछि विद्यार्थीलाई अन्यत्र सारेर पढाउनुपर्ने अवस्था आएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक जोगबहादुर बस्नेतका अनुसार चारवटा भवनमध्ये एउटा भवनको पर्खाल भत्किएको छ भने बाँकी तीनवटासमेत जीर्ण अवस्थामा छन्। अर्को दुई तले भवन चर्किएर जोखिमपूर्ण बनेको छ।

विद्यालयमा हाल ९५ जना विद्यार्थी अध्ययनरत छन्। जीर्ण भवनका कारण जोखिम र त्रासबीच पठनपाठन गराउनुपर्ने अवस्था रहेकाले सुरक्षित वातावरणका लागि तत्काल भवन मर्मत तथा नयाँ भवन निर्माण गर्न स्थानीय सरकारसँग माग गरिएको प्रधानाध्यापक बस्नेतले बताउनुभयो।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update