नेभिगेशन
देश

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्षमा सीमित गर्ने सहमति भएको छ ।

अर्थ समितिको बिहीबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गर्ने विषयमा सहमति भएको हो ।

समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार विधेयकमा गभर्नरको कार्यसम्पादन सन्तोषजनक भएमा थप दुई वर्ष पदावधि बढाउन सकिने प्रस्ताव गरिएको छ ।

हाल नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालक समितिका सदस्यको कार्यकाल पाँच वर्षको रहेको छ । प्रस्तावित व्यवस्थाअनुसार प्रारम्भिक कार्यकाल तीन वर्ष हुने र कार्यसम्पादनका आधारमा गभर्नरको पदावधि थप दुई वर्ष बढाउन सकिने व्यवस्था गरिनेछ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update