नेभिगेशन
समाज

सहमति अस्वीकार भएपछि पथलैया–वीरगञ्ज सडक अवरुद्ध

तीन वर्षीया गरिमा चौधरीको हत्या घटनालाई लिएर पीडित परिवार र प्रशासनबीच बिहीबार राति भएको पाँचबुँदे सहमति पीडित पक्षले अस्वीकार गरेपछि पथलैया–वीरगञ्ज सडकखण्ड शुक्रबार पनि अवरुद्ध भएको छ ।

सहमति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै पीडित परिवार र स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएपछि सडकमा यातायात सञ्चालन हुन सकेको छैन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार वार्ताबाट पाँचबुँदे सहमति भए पनि पीडित परिवारले स्वीकार नगरेपछि पथलैया–वीरगञ्ज सडकखण्ड बन्द रहेको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग भने शुक्रबार बिहानदेखि सञ्चालनमा आएको उनले जानकारी दिए । वीरगञ्जतर्फबाट आउने सवारीसाधनलाई वैकल्पिक मार्गका रूपमा कलैया–पिलुवा सडक हुँदै गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको बस्नेतले बताए ।

पीडित परिवारलाई सहमतिका बुँदाबारे थप जानकारी गराउँदै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

गरिमा हत्या घटनाका दोषीलाई कडा कारबाही, पीडित परिवारलाई न्याय तथा अन्य माग सम्बोधन हुनुपर्ने भन्दै परिवारजन र स्थानीयवासी केही दिनदेखि आन्दोलनमा छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update