नेभिगेशन
देश

भोटेकोशी बाढीको क्षतिबारे सिंहदरबारमा सर्वदलीय बैठक

सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो ।

बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नेता महन्थ ठाकुरलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

बैठकमा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्‍याउने, क्षतिको मूल्याङ्कन गर्ने र प्रभावित नागरिकको पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update