नेभिगेशन
देश

टेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७ सय ३४ पुग्यो, ८४ सुरक्षाकर्मी अझै सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३४ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म २ हजार ६ सय ९९ जनाको उद्धार गरिएको जनाएको छ । प्रहरीका अनुसार विभिन्न जिल्लाबाट हालसम्म ७ सय ३४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले रसुवाका ६ सय ७६, नुवाकोटका २ हजार २० र धादिङका तीन जनाको उद्धार गरेका छन् । यस्तै, काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएका १ सय ६० जना उपचारपछि घर फर्किएका छन् । यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी रहेका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update