नेभिगेशन
समाज

चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मनुष्मारा खोलामा मृत फेला

सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिका मृत फेला परेकी छन्।

स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी यादवलाई धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो।

गत आइतबारदेखि बेपत्ता बालिकाको परिवार, स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेका थिए। खोजीका क्रममा बुधबार साँझ बालिकालाई मनुष्मारा खोलामा मृत अवस्थामा फेला पारिएको हो।

प्रहरीका अनुसार बालिकाको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक आशङ्का गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताउनुभयो।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
Weather Update