नेभिगेशन
देश

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो ।

मन्त्री यादवको सचिवालयका अनुसार उहाँले आजै प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनुभएको हो ।

पछिल्लो समय मन्त्री यादव र उद्योग व्यवसायीबीच विभिन्न विषयलाई लिएर सार्वजनिक रूपमा टिकाटिप्पणी भइरहेको थियो । यहीबीच मन्त्री यादवले पदबाट राजीनामा दिनुभएको हो ।

मन्त्री यादवको राजीनामाको कारणबारे भने सचिवालयले थप विवरण सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update