नेभिगेशन
देश

उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस, सर्वोच्चको रजिष्ट्रारमा दुई जनाको नाम

न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ ।

बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

त्यस्तै, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरका लागि सिफारिस गरिएको छ ।

यसैगरी, बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update