नेभिगेशन
देश

प्रधानमन्त्री बालेन शाहले जेनजी सांसदहरूसँग थाले विशेष अन्तरक्रिया

प्रधानमन्त्री बाालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन् ।

अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा जेनजी सांसदहरूले समसामयिक विषय तथा युवासँग प्रत्यक्ष जोडिएका नीतिगत सवालमा आफ्ना धारणा राखिरहेका छन्। प्रधानमन्त्री शाहले पनि प्रविधिमैत्री शासन, युवाको रोजगारी र उद्यमशीलता तथा सार्वजनिक सेवाको प्रभावकारितासँग सम्बन्धित विषयमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update