नेभिगेशन
देश

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि जुटेको सहयोगसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबारसम्म कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। सरकारले यसअघि यही कोषबाट बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ । कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ मौज्दात छ।

यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट प्राप्त सहयोग कोषमा जम्मा हुँदै आएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update