नेभिगेशन
देश

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् । 

प्रधानमन्त्री शाह ९ सदस्यीय टोलीसहित कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट न्युयोर्क प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टोलीमा प्रधानमन्त्रीसहित सचिवालयका ५ जना प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्य छन् । यसैगरी सुरक्षाका २ जना, परराष्ट्र शिष्टाचार महापाल (प्रोटोकल) विभागका  २ जना छन् । 

चैत १३ मा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो । न्युयोर्क उड्नुअघि प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा गार्ड अफ अनर प्रदान गरिनेछ । 

प्रधानमन्त्री शाहले न्युयोर्कमा राष्ट्रसंघीय महासभा उच्चस्तरीय बैठकलाई असोज ९ गते विहान सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको बाढी, त्यसले पारेको प्रभाव, जलवायु परिवर्तन, न्यायका विषय उठाउने तयारी छ । 

प्रधानमन्त्री शाह तीन दिन न्युयोर्कमा रहँदा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अरु कुनै पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छैन । 

प्रधानमन्त्री शाह १० असोजमा न्युयोर्कबाट फर्किनेछन् । त्यसपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्नेछन् । उनी सोमबार न्युयोर्क पुगिसकेका छन् । 

नेपालले राष्ट्रसंघीय महासभाअन्तर्गत सगरमाथादेखि समुद्रसम्मको जलवायुकेन्द्रित कार्यक्रम गर्दैछ । जसको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्नेछन् । 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update