नेभिगेशन
समाज

मेयर बालेन साहले टुडिखेल र खुल्लामन्च कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै सरकारलाई दिए बधाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फेसबुक मार्फत सरकारको पछिल्लो अध्यादेशको बारेमा टिप्पणी गर्दै बधाई दिएका छन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन्, 'अब खोला मात्र हैन, टुडिखेल र खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।' राष्ट्रपति रामचन्द्र पौडेलले 'भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' जारी गरेपछि मेयर साहको उक्त भनाइ आएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप समाज
Weather Update