नेभिगेशन
विचार

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन् : अध्यक्ष उपेन्द्र यादव

सिरहा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

सिरहाको लहानमा आयोजित बलिदानी दिवस कार्यक्रममा सहिदको प्रतिमामा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले प्रतिपक्षी दलहरूले समाजवादी मोर्चा सक्रिय बनाउन प्रयास गरे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको स्पष्ट पारे ।

यादवले भने, “मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ । तर समाजवादी मोर्चासँग सहकार्यका लागि उपयुक्त समयको प्रतीक्षा गर्नुपर्छ ।”

मधेस आन्दोलन र बलिदानी दिवसको महत्त्व

मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँदै आएको छ । मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा यो दिवस विशेष रूपमा मनाइने गरिएको छ ।

कार्यक्रममा यादवले मधेस आन्दोलनले देशको राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई स्मरण गर्दै सहिदहरूको बलिदानको सम्मानका लागि सबै राजनीतिक दलले समर्पित हुनुपर्ने धारणा व्यक्त गरे ।

हालैका दिनमा प्रतिपक्षी दलहरूले समाजवादी मोर्चालाई थप सशक्त बनाउने प्रयास गरिरहेका छन् । तर जसपाले मोर्चामा सामेल हुने विषयमा तत्काल कुनै निर्णय नगरेको अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप विचार
Weather Update