नेभिगेशन
समाज

पर्सागढीमा निःशुल्क स्वास्थ्य परीक्षण तथा न्यानो वितरण कार्यक्रम सम्पन्न

पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ४, बखनरवामा निःशुल्क स्वास्थ्य परीक्षण तथा न्यानो वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम नेपाल हेल्थ क्पस नेशनल मेडिकल कलेजका एम्बासडर एमडी उमर देवानको नेतृत्वमा आयोजना गरिएको हो । कार्यक्रममा डा. मिना कुमार साह, डा. कुमुद लोहबारिया र डा. बिजय कुमार ज्याखो लगायत चिकित्सकहरूले स्वास्थ्य परामर्श दिएका थिए ।

कार्यक्रमबाट दम, मधुमेह जस्ता दीर्घकालीन रोगहरूको परीक्षण सहित सयाैँ स्थानीयवासी लाभान्वित भएका छन् ।  कार्यक्रममा नेपाल हेल्थ क्पस नेशनल मेडिकल कलेजका ४२ जना मेडिकल विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप समाज
Weather Update