नेभिगेशन
देश

माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसद्को दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच संसद्को अधिवेशन आह्वानका सम्बन्धमा परामर्श भएको छ । आज प्रधानमन्त्री निवासमा भएको छलफलमा संसद्को अधिवेशन र संसद्को ‘विजनेस’बारे कुराकानी भएको जनाइएको छ ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप देश
Weather Update