नेभिगेशन
देश

माछा पालक किसान संघको केन्द्रय अध्यक्षमा उमेश गुप्ता चयन

बारा । माछा पालक किसान संघ नेपालका केन्द्रीय अध्यक्षमा उमेश गुप्ता चयन भएका छन् ।

शनिबार बाराको परवानीपुरस्थित राष्ट्रिय कृषि अनुसन्धान केन्द्रमा सम्पन्न संघको प्रथम राष्ट्रिय सम्मेलनले गुप्तालाई सर्वसम्मत केन्द्रीय अध्यक्ष चयन गरेको हो । देशका २३ जिल्लाका माछा पालक किसानहरूको सहभागितामा सम्पन्न सम्मेलनले २७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ ।

समितिका अन्य पदाधिकारीहरूमा केन्द्रीय उपाध्यक्षमा देवानन्द चौधरी, सचिवमा फागुलाल चौधरी, कोषाध्यक्षमा शिवहरि आचार्य र उपसचिवमा सुमन श्रेष्ठ चयन भएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनलाई एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री ज्वाला साह, पूर्वमन्त्री पुरुषोत्तम पौडेललगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनपछि बसेको संघको पहिलो बैठकले भारतीय माछाको आयातका कारण स्वदेशी माछा पालक किसानले उचित बजार र मूल्य नपाएकाले भारतीय माछाको आयात रोक्न दबाबमूलक अभियान चलाउने निर्णय गरेको छ । साथै, किसान आयोगमा संघ दर्ता गराउने निर्णय पनि बैठकले गरेको अध्यक्ष गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप देश
Weather Update