नेभिगेशन
विश्व

भारतले नेपाललाई दिने अनुदान रकम यथावत्

काठमाडौं — भारतले नेपाललाई दिने अनुदान रकम यसपटक यथावत् राखेको छ । भारतीय संसदमा अर्थमन्त्री निर्मला सीतारमणले आज सार्वजनिक गरेको २०२५/२६ को बजेट अनुसार नेपाललाई सात सय करोड भारतीय रुपैयाँ अनुदान दिने उल्लेख गरिएको छ ।

भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो । आर्थिक वर्ष २०२३/२४ मा ६५७.३८ करोड भारु छुट्याइएको थियो, जुन २०२४/२५ मा बढाएर ७०० करोड पुर्‍याइएको थियो । यो वर्ष पनि सोही रकमलाई निरन्तरता दिइएको छ ।

विभिन्न देशलाई प्रदान गरिएको अनुदान

भारतले अन्य विभिन्न देशलाई प्रदान गर्ने अनुदानमा केही घटबढ गरेको छ ।

  • नेपाल –  ७०० करोड भारु अनुदान यथावत् ।
  • भुटान – २,१५० करोड भारु छुट्याइएको छ, जुन अघिल्लो वर्षको तुलनामा घटाइएको हो ।
  • अफगानिस्तान – अनुदान बढाएर ५० करोडबाट १०० करोड भारु पुर्‍याइएको छ ।
  • बङ्गलादेश – १२० करोड भारु अनुदान यथावत् ।
  • श्रीलङ्का – ३०० करोड भारु अनुदान यथावत् ।
  • मालदिभ्स – गत वर्षको ४७० करोड भारुबाट बढाएर ६०० करोड पुर्‍याइएको छ ।
  • म्यानमार – अघिल्लो वर्ष ४०० करोड भारु छुट्याइएकोमा यस वर्ष ३५० करोडमा घटाइएको छ ।
  • मङ्गोलिया – दिँदै आएको ५ करोड भारु अनुदान यथावत् राखिएको छ ।

विशेष गरी मालदिभ्सलाई दिइएको अनुदान रकममा ठूलो वृद्धि भएको छ, जसलाई भारतको रणनीतिक कदमको रूपमा हेरिएको छ । हाल चीनले मालदिभ्सलाई बढाएको सहयोगका कारण भारत र मालदिभ्सबीच सम्बन्ध चिसिएको छ । यसैबीच भारतले मालदिभ्सलाई थप अनुदान प्रदान गरेर सम्बन्ध सुधार्ने प्रयास गरिरहेको देखिन्छ ।

india-budget---Rastriya-sarokar-1738405988.jpg


 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update