नेभिगेशन
तस्करी

संस्थागत तस्करी नियन्त्रण हुन नसक्दा लक्ष्य अनुसार भएन राजस्व संकलन

वीरगंज भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य अनुसार हुन सकेकाे छैन् । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भन्सार कार्यालयले निर्धारित लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेकाे हाे ।

भन्सार विभागले पछिल्लो सात महिनाका लागि वीरगंज भन्सार कार्यालयलाई १ खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले मात्र ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यभन्दा कम हो ।

यद्यपि, यो संकलित राजस्व गत आर्थिक वर्षको तुलनामा ७ अर्ब ९५ करोड रुपैयाँले बढी हाे । भन्सार कार्यालयका अनुसार औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलनमा वृद्धि भएको देखिन्छ ।

तर, भन्सार कार्यालय हुँदै हुने संस्थागत तस्करी नियन्त्रण हुन नसक्दा भन्सार विभागले दिएकाे राजस्व संकलन लक्ष्य अनुसार पूरा हुन नसकेको विज्ञहरू बताउँछन् ।

भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियाे ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update