नेभिगेशन
तस्करी

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

पर्सा प्रहरीले हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीले गैरकानुनी रुपमा ट्याङ्करबाट हवाई इन्धन निकाल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका–१४ स्थित सौदागर आयलमा छापा मारि गरिएको थियो ।

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब ३ घण्टासम्म सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले यसअघि पनि कति पटक इन्धन चोरी गरेका थिए भन्ने विषयमा अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप तस्करी
Weather Update