नेभिगेशन
अपराध

बारा र महोत्तरीमा लागूऔषधसहित ६ जना पक्राउ

बारा र महोत्तरी जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै ठूलो परिमाणमा लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ स्थित लल्का पुल नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ७ सय ग्रामसहित दुई जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला घर भएका १९ वर्षीय विनोद मुक्तान रहेका छन् भने अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ३१५८ नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको पदार्थ बरामद गरेको हो । बरामद पदार्थलाई नियन्त्रणमा लिई थप परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बर्दिबास नगरपालिका ३, महोत्तरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्रामसहित चार जनालाई मंगलबार राति पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–४ बस्ने ३१ वर्षीय अबिरल परियार रहेका छन् भने अन्य तीन जनाको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

इलाका प्रहरी कार्यालय बर्दिबाससमेतबाट खटिएको प्रहरी टोलीले प्र.२–०१–००१ च ०४४१ नम्बरको स्कारपियोमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा लागूऔषध फेला पारेको हो ।

पक्राउ परेका सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप अपराध
Weather Update