नेभिगेशन
विचार

एमालेले निकाले पनि भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल

काठमाडौं । नेकपा एमालेका पूर्व नेता भीम रावलले पार्टीले आफूलाई निष्कासन गरे पनि भ्रष्टाचार, अन्याय, अत्याचारविरुद्धको लडाई कमजोर नहुने बताएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपालद्वारा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले एमाले नेतृत्वको तानाशाही प्रवृत्ति र आफूलाई निष्कासन गरिएको घटनाको कडा आलोचना गरे ।

रावलले भने, "एमालेले निकालेको मात्र भरमा म कमजोर हुँदिन् । भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको मेरो अभियान झनै सशक्त हुनेछ ।" उनले एमाले नेतृत्वको स्वेच्छाचारी व्यवहार, राष्ट्रिय हितविपरीतका गतिविधि र भ्रष्टाचारपूर्ण कार्यबारे आफूले आवाज उठाउँदा यो कदम उठाइएको बताए । साथै, आफूलाई बदनाम गर्न राजावादी भएको प्रचार गरिएकोतर्फ पनि संकेत गरे ।

देशभक्त शक्तिहरूसँग मिलेर मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै रावलले वैकल्पिक शक्ति निर्माणका लागि आवश्यकता अनुसार सबैसँग हातेमालो गर्न तयार रहेको धारणा राखे ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप विचार
Weather Update